गाउँ सहर

नेप्सेकाे सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं ।  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)काे सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले पाल्पाका कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हाे ।

बुक बिल्डिङ विधिबाट धिताेपत्रकाे सार्वजनिक निष्कासन प्रक्रियामा रहेकाे सर्वाेत्तम सिमेन्टको सेयर ओटीसी मार्केटबाट खरिद गरेपछि विवादित बनेका नेप्सेका तत्कालीन सीईओ चन्द्र सिंह साउदले भदाै ८ मा राजीनामा दिएसँगै नेप्सेकाे सीईओ रिक्त थियाे ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट समितिले कुल ११ आवेदकहरुबाट ५ जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरी ती पाँचमध्येबाट पनि रमेश भण्डारी, केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको मन्त्रिपरिषद्मा पठाएको थियो । भण्डारी र श्रेष्ठलाई पछि पार्दै स्थायी घर भएक कार्कीले सीईओ बनेका हुन् ।

कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख छन् । कार्की उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत