साप्ताहिक कृषि-मौसम पूर्वानुमानः सुरूमा बदली - अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षा
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | २१:०१:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागले २०७८ माघ २१ गते शुक्रबारदेखि २०७८ माघ २७ गते बिहीबारसम्म साताको मौसम सार्वजनिक गरेकाे छ । उसका अनुसार आगामी साता पश्चिमी वायूको सक्रिय प्रभावका कारण साताको शूरुका दिनहरुमा सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ भने मध्य र अन्तमा देशका अधिकांश भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
साताको शुरुमा देशका धेरै जसो स्थानमा र अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साताको शुरु र अन्त्यमा उच्च पहाडी हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का / मध्यम हिमपातको सम्भावना छ ।
साताको मध्य र अन्तमा विहानीपख देशका तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । साताको शुरुमा तापक्रममा उल्लेखनिय परिवर्तन नदेखिए पनि मध्य र अन्तमा अधिकतम तापक्रम र न्युनतम तापक्रम हल्का घट्ने देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस