गाउँ सहर

हुम्लामा दशौं पटक हिमपात, जनजीवन कष्टकर

तस्बिरः महेन्द्र कार्की ।

हुम्ला । यस वर्ष हुम्लामा दशौं पटक हिमपात भएको छ । हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बनेको छ । बुधबार रातिबाट केही ठाउँमा शुरुभएको हिमपात बिहीबार दिउँसोबाट भने बाक्लो हिमपात भएको छ ।

स्थानीय महेन्द्र कार्कीले बाक्लो हिमपात सुरु भएको बताए । उनले आधा फिट हिउँ जमिनमा जमीसकेको र हिउँ पर्नेक्रम जारी रहेको बताए । यो हिमपात यस वर्षको दशौं पटक परेको हिमपात हो उनले भने ।

हिमपात भइरहेका कारण चिसो पनि दिउँसै माईनस नौ डिग्री सेल्सिएसमा झरेको थियो । चिसो अत्यधिक बढेको स्थानीयको भनाई छ । चिसो बढेको कारण मानिसहरु घरबाहिर कम निस्कने गरेको र अधिकांश व्यवसाय बन्द रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत