स्वास्थ्य
कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, काठमाडाैँमा घट्याे संक्रमितकाे संख्या
- गाउँ सहर संवाददाता
- २१ माघ शुक्रबार, २०७८ | १७:४८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार साे अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।
शुक्रबार ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् ।
यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस