गाउँ सहर

प्युठान दुर्घटना : बेहुलाबेहुली बाँचे तर सँगै गएका ८ जना आफन्तजनको ज्यान गयाे

काठमाडाैं । प्यूठानमा भएको जिप दुर्घटनामा मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । शनिबार बिहान नौबहिनी गाउापालिकाको लुङबाट गौमुखि गाउापालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा ओखरपाटामा ग १ज ५०९२ नम्बरको जिप दुर्घटना भएको थियो  ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी रहेका छन् । बेहुला र बेहुली भने घाइते भएका छन् ।

बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ । त्यस्तै बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

बेहुली लिएर आएको सो जीप बेहुलाको घर आउन करिब १ किमी नजिकमा दुर्घटनामा परेको हो । चिप्लाे बाटो अनि रातीको समय भएकाले यस्तो भएको हुनसक्ने आंकलन गरिएकाे छ । ८ जनाले ज्यान गुमाएपछि यतिबेला गौमुखी गाउँपालिका नै स्तब्ध भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत