राजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते बस्ने

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, वी.पी.नगर, ललितपुरमा बस्ने भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

उनका अनुसार उक्त बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सम्बन्धमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र विविध विषयमा केन्द्रित रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत