स्थानीयलाई त्रसित बनाउने सात जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १२:०१:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको छ । स्थानीयलाई त्रसित बनाएको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको हाे । आज बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएको आरोपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली र १७ वर्षका बिबेक बस्नेत रहेका छन् । तुलसीपुर–९ बस्दै आएका २१ वर्षीय अजिल मिया, २१ वर्षका केतु ओली र १८ वर्षीय मोहन बस्नेतलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले उनीहरूकाे साथबाट बञ्चरो, पेस्तोल आकारको लाइटर र ३ थान हँसिया बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस