गाउँ सहर
नाै सय एम्पुल लागुऔषधसहित दुई युवक पक्राउ
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १३:२४:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ स्थित नरेफाँट मनहरा करिडोरबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा सर्लाही घर भएर अहिले ललितपुरको इमाडोल बस्दै आएका २० वर्षीय अनुज मण्डल र २० वर्षीय अबिशेष शाह रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले अरोपीहरुको साथबाट ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल नुफ्रिन र ३ सय एम्पुल फेनारगन बरामद गरेको जानकारी दिएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस