अर्थतन्त्र

नेप्सेमा ४० अंककाे गिरावट, झण्डै ६ अर्बकाे काराेबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार मापन गर्ने सूचकमा आज आइतबार ४० अंककाे गिरावट आएको छ ।

 

यस दिन १.४१ प्रतिशत अर्थात ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा झरेको छ ।

नेप्सेमा २२८ कम्पनीका ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार अधिकांश जलविद्युत कम्पनीको शेयर खरिदविक्री भएको छ ।

अरुण भ्याली हाइड्रोपावर, अपी पावर, अप्पर तामाकोशी जलविद्युत आयोजना लगायतका जलविद्युत कम्पनीको धेरै शेयर खरिदविक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।    

आज शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको छ ।  कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढिले बढेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको र बुद्धभूमि जलविद्युत र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेपाल लाइफले लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि मूल्य करिब ८ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत