राजस्व छली गर्ने फर्म विरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १५:४८:०० मा प्रकाशित
काठमाडाैं । राजस्व छली गर्ने फर्म विरुद्ध मुद्दा दायर गरिएकाे छ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दा दायर गरेको हाे । विभागले उच्च अदालत तुलसीपुर बुटबलमा शुक्रबार २ करोड ७७ लाख ३७ हजार ४८३ रुपैयाँ बराबरको राजस्व छलीको मुद्दा दायर गरेको जनाएकाे छ ।
न्यूकालिका सप्लायर्स बुटबल रुपन्देहीले मालबस्तु भन्दा फरक खरिद विल जारी गरी १२ लाख ८४ हजार ८५७ रुपैयाँ राजस्व छली गरेको विभागले आरोप लगाएको छ । त्यस्तै, सोहि फर्मले अधुरो तथा झुटा विवरण पेश गरि कारोबार लुकाएको ठहर गर्दै एक करोड ७२ लाख ६ हजार ५२८ रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरिएको हाे ।
त्यसैगरी, आर्यन सक्षत स्टोर्स रुपन्देहीले भन्सार चोरी गरि राजस्व छली गरेको विभागले जनाएको छ । स्टोर्सले ९२ लाख ४६ हजार ९८ रुपैयाँ राजस्व छली गरेको विभागले आरोप लगाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस