गाउँ सहर

सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट

सर्लाही । दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् । लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पुर्‍याएको उनीहरूको गुनासो छ ।

दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए ।

उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट भएको छ ।

जिल्लामा रहेका ९३ इँटा उद्योगमा वर्षाले करिब ३५ करोड मूल्य बराबरको क्षति पुगेको सर्लाही इँटा उद्योग व्यवसायी संघका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेका ९३ उद्योगमध्ये ८४ इँटा उद्योग सञ्चालनमा छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत