राजनीति

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । 

प्रधानमन्त्री देउवाको आह्वानमा केहीबेरअघि बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो । बैठकमा एमसीसी, स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले महासचिव शंकर पोखरेल सहभागी छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार गएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत