गाउँ सहर
बुटवलमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना गम्भीर घाइते
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | ०८:४३:०० मा प्रकाशित
काठमाडौं । रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ । ट्रक चालक फरार रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस