ट्रक दुर्घटनामा चालककाे मृत्यु
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १२:३३:०० मा प्रकाशित
काठमाडाैं । ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा गोरखा नगरपालिका ४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी ९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
ट्रक मकालु गाउँपालिका ५ को नुममा सिमेन्ट पुर्याएर सोमबार बिहान वीरगञ्ज फर्कँदै गर्दा सभाखोला नजिँकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीकाे भनाइ रहेकाे छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस