स्वास्थ्य

गत २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिए

एजेन्सी । अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । रुसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएकाे हाे । आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार संक्रमितको संख्या अहिलेसम्मकै २४ घण्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ ।

त्यसैगरी गएको २४ घण्टामा नै कम्तीमा ६६१ जना संक्रमितको मृत्यु भएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

हासम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत