राजश्व छली गर्ने चार जना विरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १०:५९:०० मा प्रकाशित
काठमाडाैं । राजश्व छलीको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरिएकाे छ । राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले राजश्व छलीको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको हाे । कार्यालयले सूर्य मेटल इण्डष्ट्रिजका अध्यक्षसहित चार जना विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको जानकारी दिएकाे छ ।
सूर्य मेटल इण्डष्ट्रिज प्रालि धरानका अध्यक्ष सुनसरीको धरान उपमहानगरपालिका वडा नं १० बस्ने वर्ष ६७ का उत्तम कुमार ताम्राकार, ऐ प्रालिका सञ्चालक सोहि उपमहानगरपालिका वडा नं २ बस्ने वर्ष ७३ का चन्द्रेशवरी ताम्राकार, वडा नं ५ बस्ने वर्ष ४३ का अनुप ताम्राकार र ईटहरी उपमहानगरपालिका वडा नं ६ बस्ने वर्ष ६६ का निर्मल कुमार ताम्राकार विरुद्द मुद्दा दायर गरिएको हो ।
कार्यालयले चार जना विरुद्ध १२ करोड १९ लाख ४० हजार ६४३ रुपैयाँ विगोसहित २४ करोड ३८ लाख ८१ हजार २८६ रुपैयाँ सजायको माग दाबी गरि मुद्दा दायर गरेको छ । उनीहरुले विना विल वीजकरगैह्र कर वीजकबाट मालवस्तुहरुको कारोबार गरी प्रचलित मुल्य अभिबृद्धि कर ऐन तथा आयकर ऐन, नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको राजश्व अनुसन्धान कार्यालयको आरोप छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
प्रतिकृया दिनुहोस