अर्थतन्त्र

मंगलबार सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैं । मंगलबार सुनको मूल्य सामान्य बढेको छ । साेमबार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।   

आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।   

गाउँ सहर संवाददाता

तपाईँको मत