राजनीति

संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा

काठमाडाैं । कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको निर्णय संविधानको मर्मअनुरूप भएको पनि बताएका हुन् ।

स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको भन्दै निर्वाचन टार्ने गरी भएका अनेकन बहस पनि अब सकिएको उल्लेख गरेका छन् । संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नहुनेमा उनले जोड दिएका छन् ।

उनले लेखेका छन् “वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्,” । “सबैले सदैव हेक्का राख्नुपर्दछ– संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन ।”

 

गाउँ सहर संवाददाता

तपाईँको मत