गाउँ सहर

नर्सिङ लाइसेन्स परीक्षाका लागि आवेदन माग

काठमाडाैं । नर्सको लाइसेन्स परीक्षाका लागि आवेदन खुलेकाे छ ।  नेपाल नर्सिङ परिषद्ले नर्सको लाइसेन्स परीक्षा फारम खुला गरेको हाे । आगामी चैत्र १२ गते हुने नर्सको नाम दर्ता अर्थात लाइसेन्स परीक्षाका लागि परिषद्ले सूचना प्रकाशन गरी आवेदन माग गरेको जानकारी दिएकाे छ ।

परिषद्ले फराम बुझाउने मिति माघ २६ देखि फागुन २६ गतेसम्म तोकिएको छ । परीक्षा शुल्क नर्सको हकमा ३ हजार १०० रुपैयाँ र मिडवाइफरीको ४ हजार १०० रुपैयाँ तोकिएको छ ।

नर्सिङमा प्रमाण पत्र तह गरेका तथा बीएसी नर्सिङ गरेकाले आवेदन दिनसक्ने परिषद्ले सूचनामा उल्लेख गरेकाे छ ।

यस अवधिमा छुटेकाले दोब्बर दस्तुर तिरेर फागुन २७ देखि चैत्र ३ गतेसम्म फर्म भर्न सकिने बताइएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत