गाउँ सहर

फर्निचरकाे ढाेका फुटाई चाेरि गरेकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । प्रहरीले चोरी गरी फरार रहेका एक जनालाइ  पक्राउ गरेकाे छ । बुढानीलकण्ठबाट चोरी गरी फरार रहेका एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर डुम्रे घर भई हाल जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालीका वडा नं ८ भंगाल डेरा गरी बस्ने बर्ष २१ को नितेस मगर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

रातीको समयमा बुढानीलकण्ठ नगरपालिका वडा नं ८ भङ्गालस्थित हरि पराजुलीको खाली जग्गा भाडा लिई दोलखा जिरी नगरपालिका वडा नं ८ घर भई  बम बहादुर तामाङले सञ्चालन गर्दै आएको डि.बि.फर्निचरको ढोका फुटाई चाेरि  गरेको आरोपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे । 

महानगरीय प्रहरी प्रभाग,बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले आइतबार बुढानीलकण्ठ नगरपालीका वडा नं ८ स्थित स्पेसल चोकमा लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी उनलाई  नियन्त्रणमा लिएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत