अर्थतन्त्र

सुनचाँदीकाे भाउ निरन्तर उकालाे लाग्दै, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । सुनचाँदीका मूल्य उकालो लागेको छ । बुधबार थप ३०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएकाे छ । अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत