गाउँ सहर

प्रहरीद्वारा ६ महिनामा अवैध लागु औषधसहित २२४६ जना पक्राउ

काठमाडाैं । प्रहरीले ६ महिनामा अवैध लागु औषधसहित २२४६ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष २०७८–७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागु औषधसहित २२४६ जनालाई पक्राउ गरेको हाे । विं.सं. २०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा साे संख्यामा पक्राउ परेको गृह मन्त्रालयले जानकारी दिएकाे छ । 

गृहका अनुसार पक्राउ पर्नेमा २१८३ जना नेपाली, ५८ जना भारतीय र पाँच जना अन्य देशका नागरिक रहेका छन् ।

पक्राउ पर्नेबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागु औषध बरामद गरिएको गृहले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत