गाउँ सहर

सवारी चालक अनुमति पत्रको परीक्षा तालिका सार्वजनिक, कहिले र कहाँ ? (सूचनासहित)

काठमाडाैं । सवारी चालक अनुमति पत्रको लागि परीक्षा तालिका सार्वजनिक भएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ठुलोभर्याङ काठमाडौंले लाइसेन्सको लागि ट्रायल परीक्षाको पर्खाइमा रहेकाहरुका लागि बुधबार एक सूचना प्रकासित गरेको हो । 

आज राजश्व बुझाएकाहरुको लिखित परीक्षा आगामी फागुन ३ गते लिखित परिक्षा हुने भनिएको छ । उक्त परिक्षा ठुलोभर्याङ कार्यालय परिसरमा बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन हुने जनाइएको छ । 

वर्ग थपको राजश्व बुझाएकाहरुको पनि ट्रायल परिक्षा सञ्चालनबारे सूचना सार्वजनिक गरिएको छ । वर्ग थपको मोटरसाइकल, स्कुटर र मोपेडको ट्रायल परीक्षा यहि माघ २८ गते हुनेछ भने अन्य कार जिप, डेलिभरी भ्यानको ट्रायल परीक्षा यहि माघ २७ गते हुने र मिनिबस र मिनि ट्रकको ट्रायल परीक्षा यहि माघ २८ गते हुनेछ भने बस, ट्रक, लरीको परिक्षा आगामी फागुन ४ गते हुने सूचनामा उल्लेख छ । ट्रायल परिक्षा भेहिकल एकेडेमी एण्ड रिसर्च प्राली गर्जुधारा काठमाडौंमा हुने जानकारी दिइएकाे छ । 

वर्ग थपकै लागि लरीको ट्रायल परीक्षा जे१-जे२ मेसिनरीको ट्रायल परीक्षा फागुन २ गते हुने जारी सूचनामा जनाइएको छ । यसको ट्रायल परिक्षा अनुश्री डि बी मोटर ड्राइभिङ गणेश चोक, नारायणथान बुढानिलकण्ठमा बिहान १० बजेदेखि हुने बताइएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत