सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १३:०२:०० मा प्रकाशित
काठमाडौं । इलाममा निर्मित सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको हो ।
इलाम नगरपालिका–९ मा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएसँगै व्यावसायिक उडान हुने भएको हो। ८५७ मिटर उचाइमा रहेको यो विमानस्थल इलामकै पहिलो हो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा एकतर्फी मात्र धावनमार्ग छ ।
काठमाडौंबाट सुकिलुम्बा अवतरण गर्न एउटा जहाजलाई एक घण्टा समय लाग्ने नेपाल एयरल्यान्सको अपरेसन प्रमुख वरिष्ठ पाइलट दीपु ग्वार्चनले बताए ।
यसअघि २०७५ जेठ २१ गते पनि परीक्षण उडान सम्पन्न भएको विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि बुधबार पुनः उडान भएको हो । नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमा फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने तयारी थालेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस