फागुन १ गतेबाट पशुपति मन्दिर खुल्ने
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १३:४१:०० मा प्रकाशित
काठमाडाैं । फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुला हुने भएकाे छ । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथ मन्दिर खुलाउने तयारी गरेको हाे ।
काेभिड संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जानकारी दिएकाे छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिएका छन् ।
अधिकारीले भने ‘‘नेपाल सरकारकै आदेशबमोजिम मन्दिर बन्द गरिएको थियो । फागुन १ गतेबाट विद्यालय, होटेल, रेस्टुराँहरू खुल्दै छन् । सोही क्रममा सरकारकै आदेशबमोजिम मन्दिर पनि खुला हुन्छ,”।
शिवरात्रि पर्व नजिकिएकाले त्यसको तयारी पनि सुरु गरिने कोषले जनाएको छ ।
काेभिड संक्रमण तीव्र गतिमा बढेसँगै गत माघ ५ गते पशुपतिनाथ, गुह्वेश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस