खेल
'ए' डिभिजन लिग फुटबलमा च्यासलविरुद्ध पुलिस क्लबकाे जित
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १६:१४:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले जितेकाे छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका लागि मौसा अबागानाले एक गोल फर्काए ।
यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ ।
च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । खेलमा पुलिसका दुई गोलकर्ता रबि प्लेयर अफ दि म्याच चुनिए ।
च्यासलका आशिष राई इमर्जिङ प्लेयर चुनिए ।
लिगमा अब दशौैं चरणका खेल शुक्रबारबाट हुँदै छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
प्रतिकृया दिनुहोस