विवाहमा गएका १६ वर्षीय बालक मृत अवस्थामा फेला
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १६:५१:०० मा प्रकाशित
काठमाडाैं । एक बालक मृत अवस्थामा फेला परेका छन् । डाेटीकाे जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका हुन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानुनाथ मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिएका छन् ।
बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध पारेका छन् । उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिएका छन् । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दर्जनौँ यातायातका साधन गोगनपानीमा जाममा परेकाे उनले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस