शम्सेरगंज स्वास्थ्य चौकी र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ज्योति विकास बैंकको सहयोग
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १७:१४:०० मा प्रकाशित
काठमाडाैं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत कोहलपुर नगरपालिका वडा नं.१५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ ।
शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर के.सी. द्वारा कोहलपुर नगरपालिका वडा नं.१५-बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
यसका साथै बैंकले काठमाडौं स्थित श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा,काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कंडेलले संयुक्त रुपमा श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेका छन् ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस