अर्थतन्त्र
सुन ताेलामा ५ सयले बढ्याे, कति पुग्याे ताेलाकाे ?
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | ११:१८:०० मा प्रकाशित
काठमाडाैं । विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । आज सुनको कारोबारमा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ थियो ।
महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन त्यसयता तोलामा १४०० रुपैयाँले बढेको छ । सोमबार १००, मंगलबार ५००, बुधबार ३०० र आज ५०० ले बढेको हो ।
आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको महासंघले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस