राजनीति

बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडाैं । बिहीबार बिहान तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री  देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको स्राेतले जानकारी दिएकाे छ । 

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच  करिब एक घण्टा छलफल भएको बताएका छन् । आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत