गाउँ सहर

अख्तियारद्वारा वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३५ लाख २१ हजार बिगो दाबी

काठमाडाैं । वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे । उनले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचर गरेको भन्दै अख्तियारले बिहीबार उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएकाे छ । 

दायर गरिएको मुद्दामा वडा अध्यक्ष यादवसँग ३५ लाख २१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । वडाध्यक्ष निर्वाचित भएपछि यादवले पदको प्रभाव पारेर पिपरा गाउँपालिका ५ मा पर्ने सुब्बा पोखरीको ठेक्का वापतको रकम ३५ लाख २१ हजार भ्रष्टाचार गरेको अख्तियारद्वारा  बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

थप अनुसन्धानु गर्दा यादवले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत