गाउँ सहर

ट्याक्सीभित्र चालक मृत भेटिए

काठमाडाैं । ट्याक्सीभित्र चालक मृतावस्थामा फेला परेका छन् । ललितपुरको लेलेमा ट्याक्सीभित्र चालक मृतावस्थामा फेला परेका हुन् । बिहीबार बिहान पौने ११ बजेको समयमा बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ ।

गाेदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको बम्जनकै ट्याक्सीभित्र उनी मृतावस्थामा फेला परेका हुन् । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले गरेको खबरको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट घटनास्थलमा प्रहरी पुगेको थियो । 

प्रहरीले ट्याक्सी बाहिर विषको बट्टा भेटिएको जनाएकाे छ । प्रहरी निरीक्षक राजेन्द्र थापाको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत