अर्थतन्त्र

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम भने बढ्याे

काठमाडाैं । नेप्सेमा साताको कारोबारको अन्तिम दिन बिहिबार पनि दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो ।  

आज कारोबार रकममा भने सामान्य वृद्धि भएको नेप्सेले जनाएकाे छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।                 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ ।

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको  नेप्सेेले बताएकाे छ ।        

गाउँ सहर संवाददाता

तपाईँको मत