भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १५:५०:०० मा प्रकाशित
काठमाडाैं । भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक भएकाे छ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्डको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो ।
तर, २९ माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थतित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो ।
जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा तय भएको छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन ।
भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।
भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ ।
भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोटगरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस