राजनीति
माओवादी केन्द्रीय समिति बैठक स्थगित
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १६:२१:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८-२९ मा बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे ।
माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’
ढकालले कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने बताएका छन् । माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस