गाउँ सहर

ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट ५२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा अछाम तुर्माखाँद घर भइ हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका प्रेम चलाउने र अछाम पञ्चदेव घर भइ हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका गौरव विष्ट रहेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको बताएको छ । पछिल्लो दिनमा बाँके प्रहरीले लागुऔषधिविरुद्ध अप्रेशन नै चलाएको छ। केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालन नै पक्राउ परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत