तपाईंहरूसँग बहुमत छ एमसिसी पारित गरेर देखाउनुस् : ओली
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | ११:२२:०० मा प्रकाशित
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच फोन वार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी कम्पाक्ट सम्झौताले दलहरुका वीच्मा तिव्र धुव्रिकरण वढदै गर्दा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुलाई एमसीसी पारित गर्न चेतावनी दिएपछि ओली र प्रचण्डका वीचमा फोन बार्ता भएको हो ।
'मलाई हटाउन तपाईंहरूले एमसिसी पारित गर्ने भन्नुभयो । त्यसपछि पारित गर्नका लागिसमेत समय माग्नुभएको थियो । तपाईंहरूसँग बहुमत छ । यसबारे मलाई सोध्न जरूरी छैन भनेर अध्यक्षले भन्नुभएको छ,' एमालेका एक नेताले भने,'प्रचण्डलाई गठबन्धन पनि नटुटोस् अनि एमालेको समर्थनमा एमसिसी पारित होस् भन्ने छ । एमालेले एमसिसी पारित गरेपछि त्यसको विरोधमा चुनावमा जान पाइन्छ भन्ने लागेको होला । उहाँको दोहोरो स्वार्थ पूरा हुन सक्दैन ।
प्रचण्डले ओलीसँग सम्वाद गरेको विषय एमाले प्रचार प्रसार विभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जालमा समेत राखेका छन् ।
रिजालले लेखेका छन् -एमसिसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भन्ने वचन दिनुभएको छ । हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रतिकृया दिनुहोस