गाउँ सहर

बस दुर्घटनामा २० जनाकाे निधन

एजेन्सी । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस दुर्घटना भएकाे छ । बस करिब सय मिटर खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको एजेन्सीले जनाएकाे छ । घटनामा ३३ जना घाइते भएका छन् ।

क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समयअनुसार बुधबार करिब १४–४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाइएकाे छ । पिकाफ्लोर कम्पनीको अन्तर प्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको एजेन्सीले जानकारी दिएकाे छ । 

नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए । जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।

राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका एजेन्सीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत