गाउँ सहर
फागुन १ गतदेखि सर्वाेच्च अदालतको सेवा नियमित सञ्चालन हुने (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | १५:२२:०० मा प्रकाशित
काठमाडाैं । फागुन १ गतदेखि सर्वाेच्च अदालतको सेवा नियमित सञ्चालन हुने भएको छ । सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुन १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जानकारी दिएकाे हाे ।
काेभिड संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो । माघ ५ देखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसबन्धी सुनुवाइमात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ हुँदै २८ गतेसम्म सेवा संकुचन गर्दै आएको थियो ।
सेवा संकुचनको क्रममा सर्वोच्चले मुलुकी फौजदारी संहिता, फौजदारी कार्यविधिबमोजिम थुनामा रहेका व्यक्तिको निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिखको सेवा दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस