अखिल नेपाल किसान महासंघले गर्याे एमसीसी विषयकाे धम्कीकाे विराेध
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | १८:४३:०० मा प्रकाशित
काठमाडाैँ । अखिल नेपाल किसान महासंघले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाको विषयलाई लिएर अमेरिकी सहायक विदेशमन्त्रीद्वारा नेपालका शीर्ष नेताहरुसङ्ग फोनवार्ताका क्रममा प्रयोग गरिएको धम्कीपूर्ण भाषा, दबाब र हस्तक्षेप अन्तर्राष्ट्रिय प्रचलित कानुन, परराष्ट्रनीति तथा कुटनीतिक मान्यता विपरीत भएको ठहर गरेकाे छ ।
शुक्रबार प्रेस विज्ञप्ति उसले साे ठहर गरेकाे हाे ।
जारी प्रेस विज्ञप्तिमा यस्तो नाङगो हस्तक्षेप, दबाब र धम्कीले साम्राज्यवादी नीति र दादागिरीको पर्दाफास गरेको तथा यो सम्झौता नेपाल र नेपालीको हितका लागि नभई अमेरिकीहरुकै स्वार्थका लागि भएको स्पष्ट पारेको छ साथै देश र जनताको हित विपरीत विदेशीको दलालीकै निम्ति राष्ट्रघाती सम्झौता संसदमा पेश गर्न र पारित गर्न आतुरहरुको दासताको मनोवृति पनि आम जनताले चिन्ने मौका मिलेको बताइएकाे छ ।
पूर्ण विज्ञप्तिः
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
प्रतिकृया दिनुहोस