ओमानविरुद्ध नेपालको ऐतिहासिक सफलता
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | १९:०३:०० मा प्रकाशित
काठमाडौं । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी हासिल गरेकाे छ । ओमानविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । यसअघि नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालले ओमानलाई हराउन सकेको थिएन ।
ओमानले दिएको दिएको १३६ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले शानदार पारी खेले । उनले ५३ बलमा ८ चौका र एक छक्कासहित अविजित ७३ रन बनाए । त्यस्तै, आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३ रन बनाए । बलिङमा कलमुल्लाहले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि, अलअमरेत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि कप्तान जीशान मक्सूदले अविजित ४३, मोहम्मद नदीमले ३१, जतिन्दर सिंहले १३, कश्यप प्रजापती, सोयब खान र अयान खानले ११/११ रन बनाए ।
बलिङमा अविनाश बोहराले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा महत्वपूर्ण ३ विकेट लिएर २६ रन दिए । अविनाशले नेपाललाई पहिलो सफलता दिलाउँदै उत्कृष्ट सुरुवात दिलाए । उनले २.६ ओभरमा टिमलाई पहिलो सफलता दिलाएका हुन् ।
अविनाशले पहिलो सफलता दिलाउने क्रममा कश्यप प्रजापतीलाई ११ रनमा बोल्ड गरेका थिए । उनले आफ्नो तेस्रो ओभरमा महत्वपूर्ण २ विकेट लिएका थिए । नेपाललाई चौथो सफलता कप्तान सन्दीप लामिछानेले दिलाएका थिए । उनले सोयब खानलाई ११ रनमा आउट गर्न सफल भए । सन्दीपले ३ ओभरमा एक विकेट लिएर १७ रन दिए ।
नेपाललाई तेस्रो सफलता युवा बलर कमलसिंह ऐरीले दिलाएका थिए । उनले ५.३ ओभरमा अयान खानलाई ११ रनमा विकेटकीपरको हातबाट क्याच आउट गराए । कमलले ४ ओभरमा एक महत्वपूर्ण विकेट लिएर २५ रन दिए ।
नेपाललाई दोस्रो सफलता अलराउन्डर आरिफ शेखले दिलाएका थिए । उनले ३.१ ओभरमा आक्रामक ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेटकीपर आसिफ शेखको हातबाट क्याच आउट गराए । सन्दीपले आज ओमानविरुद्ध ६ बलरको प्रयोग गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस