यस्ताे छ शनिवारकाे माैसमी पूर्वानुमान
- गाउँ सहर संवाददाता
- २९ माघ शनिबार, २०७८ | ०७:२०:०० मा प्रकाशित
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक र तराईका थोरै स्थानमा हुसु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार बागमती र प्रदेश नं १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएके छ ।
बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्हरुले बताएका छन् ।
उनीहरुका अनुसार आइतबार र सोमबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
विभागले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन उसले आग्रहसमेत गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
प्रतिकृया दिनुहोस