'ए' डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- २९ माघ शनिबार, २०७८ | ०७:५६:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थ्री स्टार १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार पनि मनाङलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।
यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र सातदोबाटोबीचको खेल १ बजे सुरु हुनेछ ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस