स्वास्थ्य

काेराेना नमूना परीक्षण ६ हजार ६५४, नयाँ थपिए ८३६, निकाे भए १ हजार ८२६, चारकाे दुखद निधन

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार ६५४ काेराेना नमूना परीक्षण गर्दा नयाँ ८३६ संक्रमित थपिएका छन् । साे अवधिमा १ हजार ८२६ निकाे भएका छन् तर चार जनाकाे दुखद निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार यहि अवधिमा २ लाख ८८ हजार ८३७ जनाले खाेप प्राप्त गरेका छन् । देशमा अब कुल सक्रिय संक्रमितकाे संख्या २६ हजार १०२ रहेकाे छ ।

अहिलेसम्म देशमा काेराेनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् भने काेराेना परास्त गर्नेकाे संख्या ९ लाख ३४ हजार ६४८ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत