राजनीति

तीन नेताबीच एमसीसीबारे छलफल, बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल बिना निष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को आउने बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव प्रचण्ड र नेपालसमक्ष थिए । तर, उक्त प्रस्ताव प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् ।

एमसिसीलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ । 

बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए ।  

 

गाउँ सहर संवाददाता

तपाईँको मत