वातावरण

आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतय सफा रहेको छ ।

आज २०७८ फागुन ०१ गते (आइतबार) दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागले प्रदेश नं १, बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत