राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | ०८:५६:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
बिहीबारदेखि सुरु भएको बैठकमा आज मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिनेछ ।
नेविसंघ , तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ भने म्यादसमेत सकिएको अवस्था छ ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठक भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिने बताए । जारी बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ ।
बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिहरु समेत गठन गर्ने जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस