अब कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्की
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | १४:१९:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका छन् ।
जबरामाथि महाअभियोग दर्ता भएपछि अवसर पाएका कार्कीले अब संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्न पाउने भएका छन् । कार्की ६५ वर्षे उमेर हदका कारण असोजमा स्वतः अवकाश हुनेछन् ।
जबराले संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउनेछैनन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ र एकिकृत समाजवादी प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रस्तावकको रुपमा हस्ताक्षर गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस