त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | १६:१५:०० मा प्रकाशित
काठमाडाैं । झण्डै पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
विमानस्थल भन्सार कार्यालयको चेकजाँचलाई छली अगाडि बढेको अवस्थामा शंका लागेपछि नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा अर्धठोस (पेष्ट) स्वरूपमा पाँच किलो सुनसहित चिनियाँ नागरिक झाङ लि प्रकाउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएकाे छ ।
उनलाई करिब चार केजी ८४० ग्राम सुन अवैध रूपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रकाउ गरिएको कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार ‘सुनलाई पेष्ट बनाएर त्यसमा केमिकलको प्रयोग गरी शरीरमा लुकाएर ल्याइएको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।’
लि शनिबार बिहान ९ः३० बजे हिमालयन एयरलाइन्सको उडान नं एच ९५६६ मार्फत दुबईबाट काठमाडौँ आएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस