स्वास्थ्य
उपत्यकामा घट्याे काेराेना संक्रमणदर, जम्मा १५० संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | १६:४८:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५० जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौँमा ९७, भक्तपुरमा ९ र ललितपुरमा ४४ जना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
बितेकाे २४ घण्टामा देशभर ५२१ संक्रमित थपिएका छन् भने १० जनाकाे निधन भएकाे छ ।
आज ३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा ६ हजार ३७ पीसीआर तथा ४ हजार ८७ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस